२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया ‘बैंक पनि साथी पनि’ : वितरणयोग्य मुनाफा ऋणात्मक,खराब कर्जा पहिले भन्दा माथि


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 7.3K
    SHARES

  • images
    एनआईसी एशिया ‘बैंक पनि साथी पनि’ : वितरणयोग्य मुनाफा ऋणात्मक,खराब कर्जा पहिले भन्दा माथि

     

    को इपीएस यो त्रैमासमा भने घटेर  २६.५८ रुपैयाँ भएको छ । 

    मूल्य आम्दानी अनुपात 
    १९.४६ गुणा 

    प्रति सेयर नेटवर्थ
    २०२ रुपैयाँ ५ पैसा

    चुक्ता पूँजी
    १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ

    जगेडा कोष
    १५ अर्ब २२ करोड रुपैयाँ

    निक्षेप संकलन तथा कर्जा परिचालन अरु बेला आफुलाई चामत्कारिक प्रदर्शन गर्ने भनेर भन्न रुचाउने एनआईसी एशिया बैंकले यस आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकका लगानीकर्तालाई निराशाको संकेत देखाएको छ। बैंकको खुद ब्याज आम्दानी घट्नु र इम्पेरमेन्ट चार्ज बढ्नुले पनि बैंकको खुद नाफामा ठुलै असर देखिएको छ। 

    खुद नाफा 
    बैंकको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको खुद नाफामा ठूलो कमी आएको छ। बैंकले यस त्रैमासमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ रहेको थियो। यो ४२.४९ प्रतिशतले घटेको हो। 

    खुद ब्याज आम्दानी
    पहिलो त्रैमास सम्ममा बैंकले केबल २ अर्ब ७४ करोडमा खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ३ अर्ब ३३ करोड  रहेको थियो। यो  १७.५५ प्रतिशत घटेको हो। 

    सञ्चालन मुनाफा
    बैंकको सञ्चालन मुनाफामा पनि ठुलो असर देखिएको छ । पहिलो त्रैमास सम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष यही अवधिमा मुनाफा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । 

    वितरणयोग्य मुनाफा
    (९८ करोड ८२ लाख रुपैयाँ )
    ऋणात्मक 

    खराब कर्जा अनुपात
    अघिल्लो वर्षको ०.५९ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष  बढेर १.३७ प्रतिशत  पुगेको छ।

    इम्पेरमेन्ट चार्ज 
    ६४ करोड ४३ लाख 

    प्रति सेयर आम्दानी
    अघिल्लो वर्षको ५९.६२ रुपैयाँ रहे

    त्रैमास सम्म बैंकले ३ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ९४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ खर्ब ११ अर्ब बढी निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend