२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

काठमाडौं मेडिकल कलेज भूकम्पबाट घाईतेको निःशुल्क उपचार गर्ने


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 9.3K
    SHARES

  • images
    काठमाडौं मेडिकल कलेज भूकम्पबाट घाईतेको निःशुल्क उपचार गर्ने


    काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले जाजरकोटको भूकम्पमा परेर घाईत भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएको छ। केएमसीका सल्लाहकार तथा मोरंग ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुनिल शर्माको सक्रियतामा भूकम्प पीडितको निःशुल्क उपचार गराउने निर्णय भएको अस्पतालकी कार्यकारी अध्यक्ष सोईना शर्माले प्रेस विज्ञप्ति मार्फत आज जानकारी दिएकी हुन्।

    त्यसैगरी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी समेत पठाउने केएमसीले जनाएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सहजीकरण गर्न प्रेस संयोजक नारायण दाहाल फोन नम्बर ९८०२३३५११९ र केएमसी रेस्पोन्स टिम फोन नम्बर ९८०२३३५११३ लाई सम्पर्क गर्न सूचित पनि गरिएको छ। भूकम्पमा ज्यान गुमाएका सबैप्रति श्रध्दाञ्जलि अर्पण गर्दै सांसद शर्माले प्रभावित परिवारमा समवेदना प्रकट गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend