२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 9.5K
    SHARES

  • images
    भारतीय प्रधानमन्त्री मोदीद्वारा भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

     

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन् ।

    नेपालको जाजरकोट रामीडाडाँ केन्द्रविन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन् ।

    उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend