२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

भूकम्प प्रभावितका लागि तयारी अवस्थामा बाँकेञ्जका अस्पतालहरु


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 7.6K
    SHARES

  • images
    भूकम्प प्रभावितका लागि तयारी अवस्थामा बाँकेञ्जका अस्पतालहरु

     

    काठमाडौं । जाजरकोटमा भएको भूकम्प प्रभावित मानिसहरुको उपचारका लागि स्थानीय अस्पतालहरु र रक्तदातालाई तयारी अवस्थामा रहने प्रवन्ध गरेको जिल्ला प्रशासन बाँकेले जनाएको छ। भूकम्पका गंभीर घाईतेको उपचारका लागि बाँके प्रशासनबाट बिहान ३.२१ बजेबाटै तयारी थालिएको छ ।

    भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि मुख्य केन्द्र अस्पताल तोकिएको भने ब्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको छ । उनको सम्पर्क नम्बर ९८५११४३६६६ मा सम्पर्क गर्न भनिएको छ ।

    कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ भने नीजि अस्पतालहरुलाई पनि तयारी रहन भनिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन्।

    त्यसैगरी भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जनाईएको छ ।

    अस्पतालहरुमा पर्याप्तमात्रामा डाक्टर, नर्शिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाईएको जनाईएको छ ।साथै हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र सेनाकोे हेलिप्याडमा २÷२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।त्यसैगरी ब्लडको मौज्दात रहेको छ भने अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था समेत मिलाईएको जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend