काठमाडौं । मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।


