२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जाजरकोट भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९२ पुग्यो


सञ्चार डबली
  • शनिबार, कात्तिक १८ २०८०
  • 10.9K
    SHARES

  • images
    जाजरकोट भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ९२ पुग्यो

     

    काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको छ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ६ः४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।

    भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भैरहेको छ । अस्पताले केही घाइतेहरूलाई सुखेततर्फ रिफर गरेको छ ।

    त्यस्तै भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend