२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 8.9K
    SHARES

  • images
    नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

     

    काठमाडौं । कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका-६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

    शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो ।

    त्यसपछि उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए । ४ बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend