२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा, सुधारका लागि लगानी बढाऔं : रक्षामन्त्री खड्का


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.5K
    SHARES

  • images
    देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा, सुधारका लागि लगानी बढाऔं : रक्षामन्त्री खड्का

     

    काठमाडौं । देशको अर्थतन्त्र ऋणात्मक अवस्थामा रहेको भन्दै रक्षामन्त्री पूर्णबहादुर खड्काले यसमा सुधारका लागि लगानी बढाउनुपर्ने बताएका छन् । आज मन्त्रालयलको प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले ऋणात्मक र अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि लगानी बढाउन आवश्यक रहेको बताएका हुन् ।

    उनले भने, ‘हामी फास्ट ट्रयाकमा काम गर्नका लागि नयाँ नयाँ विधेयकहरु बनाउने छौं । केही ऐन नीतिहरु नै ड्राफ्ट गरेर निरन्तर अगाडि बढ्ने कुरा भइरहेको छ । हाम्रो अर्थतन्त्र ऋणात्मक छ । अप्ठ्यारो अवस्थामा छ तर पनि हामी यसलाई सुधार्ने क्रममा छौं । अर्थतन्त्र कमजोर छ भन्दै गर्दा लगानी नै नगरी अर्थतन्त्र बढ्ने होइन । त्यसका लागि त लगानी बढाउनुपर्छ । उत्पादन बढाउनुपर्छ । त्यसमा सबैको ध्यान जान जरुरी छ ।’

    उनले समस्यासँग जोडिएका निकाय र मन्त्रालयसँग बसेर छलफल नगरे विषयबस्तुमा प्रवेश गर्न नसकिने भन्दै उपस्थितिमा नै छलफल गर्नुपर्ने बताए । उनले भने, ‘समस्यासँग जुन निकाय र मन्त्रालयसँग जोडिएको छ । तिनको उपस्थितिमा नै छलफल गर्नुपर्छ । सम्बन्धित व्यक्ति र मन्त्रालय अनुपस्थित रहेको छलफलले विषवस्तु अन्तै लैजान्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend