२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौँ आउँदै गरेको कार खोलामा खस्यो, ३ युवतीसहित ४ जना घाइते


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 8.9K
    SHARES

  • images
    काठमाडौँ आउँदै गरेको कार खोलामा खस्यो, ३ युवतीसहित ४ जना घाइते

     

    महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको कार आज दिउँसो बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–८ स्थित रोशी खोलामा खस्दा चार जना घाइते भएका छन्। 

    प्रहरीले दिएको जानकारीअनुसार बीआरओ ६ डीई४३११ नम्बरको कार आज दिउँसो सवा १२ बजे आफैँ अनियन्त्रित भई बीपी राजमार्गबाट अन्दाजी १५ मिटर तल रोशी खोलामा खसेको हो। 

    दुर्घटनामा कारमा सवार महोत्तरीको गौशाला नगरपालिका ५ बस्ने वर्ष २३ का धीरेन्द्र चौधरी, सोही ठेगानाका २० वर्षीया खुस्बु चौधरी, वर्ष १९ की प्रेमिका चौधरी र वर्ष १९ की अञ्जली चौधरी घाइते भएका हुन्। 

    नार्के मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। कार चालक भने सकुशल रहेको र घाइतेको उपचारमा संलग्न भएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend