२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सर्वाधिक नाफा कमाउन सफल


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.1K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सर्वाधिक नाफा कमाउन सफल


    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले साउनदेखि असोजमसान्तसम्ममा १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३७ पैसा रहेको छ ।

    जुन गत आवको असोज मसान्तसम्मको तुलनामा भने ३३.४६ प्रतिशतले बढी हो। बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा उच्च दरमा वृद्धि भएसँगै खुद नाफामा बढोत्तरी देखिएको हो।

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ९५.४० प्रतिशत अर्थात् २ अर्ब ३ करोड १५ लाख रुपैयाँले बढेर ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ। यता, संचालन नाफा पनि ५९.९० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ। तर, बैंकको वितरणयोग्य नाफा भने ८५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

    बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ राखेको छ। गत वर्षको तुलनामा बैंकले यस्तो कोषको आकार ८.३७ प्रतिशतले बढाएको हो।

    समिक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ। बैंकको निक्षेप संकलन १.९१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६१ अर्ब १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि ०.१९ प्रतिशतले मात्रै बढेर ३ खर्ब ४ करोड २४ करोड ४ लाख रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend