२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

वाणिज्य बैंकहरुले गरे अपरिस्कृत वित्तिय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो ?


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १७ २०८०
  • 9.0K
    SHARES

  • images
    वाणिज्य बैंकहरुले गरे अपरिस्कृत वित्तिय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो ?


    काठमाडौं । १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरे अनुसार अर्थतन्त्र बिग्रिएको भाष्यकाबिच ११ वटा बाणिज्य बैंकहरु नाफा बढाउन असफल देखिएका छन् भने ८ वटाको नाफामा सामान्य वृद्धि भएको छ। २०७९ असोज मसान्तसम्ममा १५ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका बैंकहरुको नाफा यसपाली घटेर १३ अर्ब ९० करोड रुपैयाँमा खुम्चिएको छ।

    जुन गत आवको तुलनामा एक अर्ब ३३ करोड अर्थात ८.७३ प्रतिशतले कम हो। असोज मसान्त अवधीमा ग्लोबल आईएमई, प्रभु, प्राइम, एनएमबि, माछापुच्छ्रे, हिमालयन, स्ट्याण्डर्ड चाटर्ड र नेपाल इन्भेष्टमेन्ट मेगाको मात्रै नाफा वृद्धि भएको छ।

    प्राइम बैंकको नाफा भने उल्लेख्य मात्रामा सुधार हुँदै ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ। एनएमबि बैंकले पनि ९० करोडबाट आफ्नो नाफालाई ९६ करोड बनाउन सफल भएको देखिन्छ।

    माछापुच्छ्रे बैंकले २०७९ असोज मसान्तमा जम्मा ४५ करोड नाफा कमाएको थियो तर यसापाली २०८० असोज मसान्तमा भने त्यस्तो नाफा ५४ करोड पुर्याएको छ।

    ग्लोबल आइएमईको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ। प्रभु बैंकले आफ्नो नाफा ७० करोडबाट वृद्धि गरेर एक अर्ब ३ करोड पुर्याएको छ।

    हिमालयन बैंकको नाफा पनि ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि एक अब १४ करोडबाट बढेर एक अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ। स्ट्याण्डर्ड चाटर्डले २०७९ असोजमा ८१ करोड रहेको नाफालाई यसपाली ८२ करोड बनाएको छ।

    नेपाल बैंक पनि ठूलो मात्रामा नाफा घट्नेहरुको सूचिमा अग्रपंक्तिमै देखिन्छ। यो बैंकको नाफा ६० करोडबाट एकै पटक १४ करोडमा सिमित भएको छ। सिटिजन्स बैंकको नाफा पनि ५० करोडबाट झरेर ४० करोडमा खुम्चिएको देखिन्छ। एभरेष्ट बैंकको नाफा यसपाली ८६ करोडबाट ७८ करोडमा झरेको छ।

    लक्ष्मी सनराईजले २०८० असोज मसान्त अवधीमा जम्मा १० करोड मात्रै नाफा कमाएको छ, जुन २०७९ असोजमा ५० करोड रुपैयाँ थियो। कुमारी बैंकले २०७९ असोज मसान्तमा एक अर्ब रुपैयाँ नाफा जोडेको थियो भने २०८० असोज मसान्तमा त्यस्तो नाफा २६ करोडमा रोकिएको छ।

    पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार कृषि विकास बैंकको नाफा ८८ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अन्य ११ वटा बाणिज्य बैंकहरुको नाफामा गिरावट आएको देखिन्छ। नबिल बैंकको नाफा यसपाली एक अर्ब ५७ करोड रुपैयाबाट घटेर एक अर्ब ४६ करोड रुपैयाँमा सिमित भएको छ ।

    सिद्धार्थ बैंकको नाफा पनि ४९ करोडबाट ४२ करोडमा झरेको छ। एनआईसी एशिया बैंकको नाफा एक अर्ब ७५ करोडबाट घटेर एक अर्ब १० करोडमा सिमित भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंकको नाफा पनि ६२ करोडबाट घटेर ४७ करोडमा खुम्चिएको छ। सानिमा बैंकको नाफा ५४ करोडबाट घटेर ४८ करोडमा सिमित भएको छ।

    अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका १९ वाणिज्य बैंकहरुको कुल नाफा पनि गत आवको सोही अवधीको तुलनामा घटेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend