काठमाडौँ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको सजाय छुट सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन्।
सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसिरहेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोडेकी हुन्।
माइतीघरमा अनसनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी थिइन्।
रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।


