२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रिगलको आममाफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने


सञ्चार डबली
  • बिहीबार , कात्तिक १६ २०८०
  • 8.8K
    SHARES

  • images
    रिगलको आममाफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने

    १६ कार्तिक २०८०, बिहीबार  

    काठमाडौँ– नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएको विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा हिजो बहस सकिएकाले आज फैसला सुनाउन लागिएको हो । 

    संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए। ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।

    रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र रिगल ढकाललाई विपक्षी बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend