२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सामान्य अंकले घट्यो शेयर बजार


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 8.9K
    SHARES

  • images
    सामान्य अंकले घट्यो शेयर बजार

     

    काठमाडौं। आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ८३ अंकले घटेको छ । नेप्से परिसूचक ५.८३ अंकले घटेर १,८५८ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १६२ कम्पनीको शेयर मुल्य घटेको छ । आज इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक घटेका छन् ।

    आज दिनभरिमा २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेर्र सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको ७ करोड २ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको १ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले कमाएका हुन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै सोनापूर मिनरल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend