२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडियो काठमाडौं


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 8.3K
    SHARES

  • images
    युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडियो काठमाडौं

     

    काठमाडौं। काठमाडौं युनेस्कोको चलचित्र विधाबाट रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिएको छ । आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाले उक्त जानकारी दिएको हो । रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छानेको थियो । सीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी खानाका परिकार, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधा छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।

    अन्तरक्रियामा महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प भएको भन्दै यसलाई छनोट गरेको बताइन् ।

    उनले भनिन्, ‘काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प रहेको हुँदा हामीले यसलाई छनोट गरेका हौं । हामी गीतमा पनि काम गर्छौ । हामीले काठमाडौंमा भएका मूर्त, अमूर्त सम्पदाहरुमा काम गरिरहेका छौं ।’ उनले युनेस्कोमा आवद्ध भएपश्चात फिल्मसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र प्रवर्द्र्धन गर्ने योजनाहरु रहेको भन्दै यसबाट देशको आर्थिक अवस्था सुधारमा पनि सहयोग पुग्ने बताइन् ।

    उनले भनिन्, ‘हामीले बनाएका योजनाहरुका लागि बजेट पनि छुट्याएका छौ । योसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र अझ प्रवर्द्र्धन कसरी गर्ने भन्ने विषयमा पनि योजनाहरु बनाएका छौं । यसबाट नेपाललाई चिनाउने मौका पनि पाइन्छ, न्याशनल जिटिपिमा पनि यसको भूमिका र प्रभाव रहोस भन्ने पनि लक्ष्य लिएका छौं । रोजगारी सिर्जनाको लागि पनि यसले काम गर्ने विश्वास गरेका छौ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend