२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 8.2K
    SHARES

  • images
    महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

     

    काठमाडौं। नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।

    गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधबार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुंगाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

    तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको हो । मंगलबार राति हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधबार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend