२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ग्लोबल आएमई लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, नाफामा वृद्धि


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 7.8K
    SHARES

  • images
    ग्लोबल आएमई लघुवित्तले सार्वजनिक गर्यो पहिलो त्रैमासिक विवरण, नाफामा वृद्धि


    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कर्जा र साँवाको असुली दरमा निरन्तर गिरावट हुँदा लघुवित्तको प्रथम त्रैमासमा वितरणयोग्य मुनाफा ऋणात्मक भएको हो। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ६७ लाख ७२ हजारले ऋणात्मक भएको हो ।समीक्षा अवधिमा संस्थाले ३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २७.१५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २६.७४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ करोड ८३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ४ करोड ८६ लाख रुपैयाँ भएको छ। पहिलो त्रैमासमा संस्थाले १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १३ करोड ६८ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि १३.८५ प्रतिशतले बढेको छ।

    संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल २.७३ प्रतिशत थियो। खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो चार्ज ३ करोड ८४ लाख रुपैयाँ थियो। चुक्तापुँजी ६१ करोड ८९ लाख रुपैयाँ संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार ८ प्रतिशतले घटेर ५० करोड ४३ लाख रुपैयाँमा खुम्चिन पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ५४ करोड ८२ लाख रुपैयाँ थियो।

    समीक्षा अवधिमा संस्थाले ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। संस्थाको वार्षिकीकृत ईपीएस बढेर २१.९८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.३६ रुपैयाँ थियो। पीई रेसियो ३९.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८१.८५ रुपैयाँ रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend