२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

पर्वतारोही प्रकाशराज पाण्डेले गरे माउन्ट किलिमञ्जारोको सफल आरोहण


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 7.0K
    SHARES

  • images
    पर्वतारोही प्रकाशराज पाण्डेले गरे माउन्ट किलिमञ्जारोको सफल आरोहण


    काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले सफल आरोहण गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन् । स्थानीय समय अनुसार मंगलबार ९३१अक्टोबर २०२३० बिहान ६ः४० बजे उनले शिखर आरोहण गरेका हुन् । 

    विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो । उनले सर्वोच्च शिखर सगरमाथा, रसियामा रहेको युरोपको शिखर एलब्रस आरोहण गरिसकेका छन् । 

    पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डा तथा स्काउटको झण्डा फहराएका थिए । पाण्डेलाई किलिमञ्जारो आरोहणका लागि आवश्यक (गियर) सामग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend