२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिनर्जी पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


सञ्चार डबली
  • बुधबार, कात्तिक १५ २०८०
  • 10.1K
    SHARES

  • images
    सिनर्जी पावरको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन


    काठमाडौं । सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक १ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यो सेयरमा आज बैङ्किङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

    कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।

    लिलामी राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्तालाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ता बोलपत्र नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैङ्कको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा ९न्युरोड० तथा गरिमा विकास बैङ्कको बागलुङ शाखामा पेस गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend