२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रक्सी खाएर महिलालाई दुर्व्यवहार गर्ने डीएसपी भट्टराईमाथि छानबिन


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 9.9K
    SHARES

  • images
    रक्सी खाएर महिलालाई दुर्व्यवहार गर्ने डीएसपी भट्टराईमाथि छानबिन

     

    काठमाडौं । मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थालिएको छ ।

    ‘कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उहाँमाथि छानबिन गरिरहेको छ, केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ’, ‘उहाँलाई दशैं अगाडि नै निलम्बन समेत गरिएको छ ।’

    प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ । उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ ।

    २०७७ सालको वैशाख अन्तिममा इलाका प्रहरी कार्यालय, बुटवलको प्रमुख रहेका बेला पनि भट्टराई यस्तै प्रकरणमा कारबाहीमा परेका थिए ।

    मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार गरेपछि उनलाई तत्कालीन ५ नं. प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend