२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

शिक्षक हत्या प्रकरण: पक्राउ पर्नेको संख्या १० पुग्यो


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 11.9K
    SHARES

  • images
    शिक्षक हत्या प्रकरण: पक्राउ पर्नेको संख्या १० पुग्यो

    काठमाडौं । बारामा रुपेश सर्राफको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

    बारा कलैया उपमहानगरपालिका–६ का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो ।  उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । मोटरसाइकलमा रहेका उनी त्यहीँ ढलेका थिए । ढलेपछि पनि उनलाई थप गोली हानिएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको मधेस प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले जानकारी दिए ।

    प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रुपेश बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रिन्सिपलसमेत रहेको खुलेको छ । उनीमाथि २ वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

    सर्राफ भाग्न सफल भएको अहिले अनुसन्धानका क्रममा पाइएको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्ले बताए । “यसअघि पनि गोली प्रहारको प्रयास भएको रहेछ,” उनले भने, “त्यसबेला भागेका रहेछन् तर प्रहरीमा खबर आएन । अहिले अनुसन्धानका क्रममा खुल्यो । अनुसन्धानका क्रममा मुख्य कारण महिला नै भएको पाइएको छ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend