२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 10.1K
    SHARES

  • images
    आज पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट


    काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लागेको छ । पहिलो कारोबारको दिन आइतबार र सोमबार पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो ।

    नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको दिन आइतबारदेखि नै नेगेटिभ सर्किट लागेको सोनापुर मिनिरल्सको मंगलबार २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको हो ।

    पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend