२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बजारमा बढ्यो पेट्रोलियम पदार्थको खपत


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 10.1K
    SHARES

  • images
    बजारमा बढ्यो पेट्रोलियम पदार्थको खपत


    काठमाडौं । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा बडा दशैँमा बजारमा पेट्रोलियम पदार्थको खपत बढेको छ । चाडपर्व मनाउन काठमाडौँ उपत्यकासँगै अन्य सहरी क्षेत्रबाट ठुुलो सङ्ख्यामा सवारीसाधन बाहिरी जिल्लामा गएकाले पनि डिजेल, पेट्रोलको माग बढेर खपतमा वृद्धि भएको हो ।

    अन्य समयको तुलनामा चाडपर्वका बेला सवारीसाधन बढी गुड्ने भएकाले पनि इन्धनको खपत बढी हुने गर्छ । दसैँ मनाउन सहरबाट गाउँ गाउँमा अधिकांश मानिस जाने हुँदा सवारीसाधनसँगै जहाजको उडान धेरै हुने गर्छ ।

    नेपाल आयल निगमका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्षको दसैँमा डिजेल, पेट्रोलको खपतमा वृद्धि भएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दसैँमा इन्धनको खपतमा वृद्धि भएको जानकारी दिए । चाडपर्वमा सवारीसाधन धेरै चल्ने हुँदा डिजेल, पेट्रोल र हवाई इन्धनको माग उच्च हुँदा खपतमा समेत वृद्धि भएको उहाँको भनाइ छ । गत वर्षको दसैँको तुलनामा यस वर्ष डिजेल र पेट्रोलको खपत बढेको उनको भनाइ छ ।

    निगमका अनुसार गत वर्ष असोज १० देखि २३ सम्म दुई करोड ६९ लाख ४४ हजार ६०७ लिटर पेट्रोल खपत भएकामा यस वर्ष असोज २८ देखि कात्तिक ११ सम्म दुई करोड ९८ लाख ५८ हजार ६५८ लिटर खपत भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend