२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईबिएल म्युचुअल फन्डहरुको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक


सञ्चार डबली
  • मंगलबार, कात्तिक १४ २०८०
  • 9.4K
    SHARES

  • images
    एनआईबिएल म्युचुअल फन्डहरुको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक


    काठमाडौं । एनआईबिएल म्युचुअल फन्ड र मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिएको छ । कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल रहेका एनआईबिएल समृद्धि फन्ड २, प्रगति फन्ड र सहभागिता फन्डको असोज महिनाको वित्तीय विवरण सार्वजनिक भएको हो।

    असोजमा समृद्धि फन्ड २ को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर ८.८० रुपैयाँमा झरेको छ। भदौमा न्याभ ९.०१ रुपैयाँ रहेको थियो। असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ६६ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा ७० करोड ४ लाख रुपैयाँ लगानी थियो।

    यसैगरी असोजसम्म ऋणपत्र तथा बन्डमा १२ करोड ७८ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १६ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ।

    यो योजना कुल लगानी असोजसम्म १ अर्ब १७ करोड रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी १ अर्ब २२ करोड रुपैयाँ रहेको थियो। असोजमा यस योजनाको कुल व्यय ७ करोड ५ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय ३ करोड ९७ लाखरुपैयाँ रहेको थियो। असोजमा प्रगति फन्डको न्याभ पनि घटेर ९।३२ रुपैयाँमा झरेको छ। भदौमा न्याभ १०.३२ रुपैयाँ रहेको थियो। असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ३९ करोड ८२ लाख रुपैयाँमा सीमित बनेको छ। भदौसम्म सूचीकृत सेयरमा ४२ करोड ६८ लाख रुपैयाँ लगानी थियो।

    यसैगरी असोजसम्म सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १३ करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ। भदौ यस्तो लगानी १४ करोड ३३ लाख रुपैयाँ रहेको थियो। यो योजनाको कुल लगानी असोजसम्म ६८ करोड ७५ लाख रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी ७२ करोड २ लाख रुपैयाँ रहेको थियो।

    असोजमा यस योजनाको कुल व्यय ५ करोड ८ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय २ करोड ६६ लाख रुपैयाँ रहेको थियो। असोजमा एनआईबिएल सहभागिता फन्डको न्याभ पनि घटेर ९.७२ रुपैयाँमा झरेको छ। भदौमा न्याभ १०.०१ रुपैयाँ रहेको थियो। असोजसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। भदौसम्म सूचीकृत सेयरमा १ अर्ब १९ करोड रुपैयाँ लगानी थियो।

    यसैगरी असोजसम्म सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १७ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ। भदौ यस्तो लगानी १८ करोड ५३ लाख रुपैयाँ रहेको थियो। यो योजनाको कुल लगानी असोजसम्म १ अर्ब ९३ करोड रुपैयाँ बढी रहेको छ। भदौसम्म कुल लगानी १ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। असोजमा यस योजनाको कुल व्यय १२ करोड ३९ लाख रुपैयाँ रहेको छ। भदौमा कुल व्यय ५ करोड १७ लाख रुपैयाँ रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend