२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

राष्ट्रिय तथ्यांकको विवरणः नेपालमा सबैभन्दा बढी एक तले घर


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 7.7K
    SHARES

  • images
    राष्ट्रिय तथ्यांकको विवरणः नेपालमा सबैभन्दा बढी एक तले घर


    काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको उल्लेख छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको उल्लेख छ ।

    त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७, ०.०१ प्रतिशत ८ देखि ९ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको पाइएको छ ।देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०।२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend