२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सवारी चालकले अब साथमा सवारी अनुमति पत्र बोक्नु नपर्ने


सञ्चार डबली
  • सोमबार, कात्तिक १३ २०८०
  • 11.0K
    SHARES

  • images
    सवारी चालकले अब साथमा सवारी अनुमति पत्र बोक्नु नपर्ने

     

    काठमाडौं । तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समिति बैठकमा उनले दशैँसम्म ५० प्रतिशत भन्दा बढि सडक मर्मत सम्भारको काम सम्पन्न भएको र तिहारसम्म सम्पूर्ण काम सक्ने बताएका हुन् ।

    यस्तै, दशैँमा भाडालगायतका विषयमा अघिल्लो वर्षमा जस्तो समस्या नदेखिएको उनको दाबी छ । चर्को भाडा असुल्ने, दोहोरो टिकट काट्ने, सिट नदिनेलगायतका यसअघिका गुनासो यस पटक नआएको मन्त्री ज्वालाको भनाई छ ।

    उनले भने, ‘भाडा बढि लिन नपाउँने, दोहोरो टिकट काट्ने, सिट नदिने खालको चर्चा भएका विषयहरु थिए । सबै विषयलाई छलफल गरेर त्यसको पनि समाधान गर्ने प्रयास गरेका थियौ । यसवर्ष १३ लाख मानिसहरु उपत्यका बाहिर गएको छ । यसपटक टिकट विना कोही पनि बाहिर जान नपाउँने व्यवस्थालाई लागू गरेपछि यसपटक पहिलाको जस्तो गुनासो आउँन पाएको छैन् ।

    काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २४ वटा गुनासोहरुको सुनुवाई भएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयबीच समन्वय गरेर समाधान गर्ने खालको योजना बनेका थिए ।’

    त्यस्तै उनले दशैँ केन्द्रित गरेर १६ वटा नागरिक साझा कक्ष स्थापना गरेर समस्या समाधानको कोसिस गरिएको बताए । ‘यस वर्ष हामीले पूर्व तयारी, सरोकारवालासँग पटक पटक छलफल पनि गरेका हुनाले दशैँमा यातायात व्यवस्थापन गर्नको लागि सहज भएको थियो । सबै जनाको सक्रियताले पनि यसपटकको चाडपर्वमा सहज रुपमा यात्रुहरु घर पुग्ने अवस्था भयो। यस पटक ठूलो दुर्घटना पनि भएको छैन्, यसले हामलिाई धेरै सन्तुष्टि दिएको छ । यसवर्ष जाम पनि कम भएको छ ।’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend