२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल वेयर हाउजिङ्ग र मुक्तिनाथ कृषि कम्पनीको आइपिओमा मागभन्दा अधिक आवेदन


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 8.8K
    SHARES

  • images
    नेपाल वेयर हाउजिङ्ग र मुक्तिनाथ कृषि कम्पनीको आइपिओमा मागभन्दा अधिक आवेदन


    काठमाडौं । नेपाल वेयर हाउजिङ्ग र मुक्तिनाथ कृषि कम्पनी लिमिटेड वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुलाएको आइपिओमा मागभन्दा अधिक आवेदन परेको छ । दुवै कम्पनीले कार्तिक १० गतेदेखि कार्तिक २४ गतेसम्म आइपिओ निष्कासन खुला गरेका हुन् ।

    यसैगरी नेपाल वेयरहाउजिङ्ग कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि १ लाख ३७ हजार ५०० कित्ता प्राथमिक निष्कासन खुला गरेकोमा १२ हजार नौ सय ९९ आवेदकले तीन लाख ४३ हजार ६ सय ९० कित्ताका लागि आवेदन माग गरेका छन् । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

    मुक्तिनाथ कृषि कम्पनीले एक सय रुपैयाँ अङ्कित एक लाख ४० हजार कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन खुला गरेको थियो । पछिल्लो तथ्यांक अनुसार उक्त कम्पनीको आइपिओमा १३ हजार दुई सय ७७ आवेदकले तीन लाख ३४ हजार सात सय ९० कित्ताका लागि आवेदन माग गरेका छन् । यस धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend