२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो


सञ्चार डबली
  • आइतबार, कात्तिक १२ २०८०
  • 9.9K
    SHARES

  • images
    कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो


    काठमाडौं । कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले गत कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा निष्कासन बन्द छिटोमा आज कात्तिक १२ गते हुने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब यो ऋणपत्रमा कात्तिक १६ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिभित्र मागबमोजिम आवेदन परेको खण्डमा कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ।

    कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरी बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ।

    यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतममा २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। कुमारी बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend