२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

बजार अब कता लाने सांचो बोर्डका अध्यक्ष हमालको हातमा


सञ्चार डबली
  • शनिबार, कात्तिक ११ २०८०
  • 8.1K
    SHARES

  • images
    बजार अब कता लाने सांचो बोर्डका अध्यक्ष हमालको हातमा

    नेपाल धितोपत्र बोर्डमा २०७८ को फागुनमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल नियुक्त भएपछि नयाँ कम्पनीहरुको प्राथमिक निष्कासन (आइपिओ) को वर्षा नै भयो ।हमालको कार्यकालको यस अवधिसम्म धितोपत्र बोर्डले ६४ कम्पनीलाई आइपिओलाई निष्कासनको अनुमति दिएका छन्। उक्त आइपिओहरुबाट मात्रै कम्पनीहरु सर्वसाधारण लगानीकर्तामार्फत कुल ३० अर्ब ६ करोड ७१ लाख ७६ हजार एक सय ३५ रुपैयाँ पुँजी जुटाएका छन् ।

     पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल भएपछि जसरी आइपिओहरु स्वीकृत भए यसले बजारलाई आपूर्ति नै आपूर्तिको बजार बनाएर बजारलाई नै ध्वस्त गर्ने आत्मघाती कामहरु भएको आरोप लगानीकर्ताले लगाएका छन्। 

    'बजारमा माग बढाउने कार्य चाँहि फिटिक्कै नगर्ने तर आपुर्ति बढाउन चाँहि साम दाम डण्ड भेद अपनाउने धितोपत्र बोर्डको रणनीतिमा आर्थिक चलखेलका प्रशस्त गन्धहरु आईरहेका छन् । ' लगानीकर्ता भन्छन। 

    तर आरोप लाग्दै गरेपनि पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल बजारमा नयाँ कम्पनी भित्राउन नरोकिने बताई सके। उनले एक कार्यक्रममा भनेका थिए  ‘म आफ्नो इच्छाले सेबोनको अध्यक्षमा आएको होइन सरकारको निमन्त्रणमा आएको हुँ, मेरो कार्यकालमा २ सय कम्पनीबाट ४ सय कम्पनी पुर्याएर बिदा हुन्छु,’। 

    मनपरी हिसाबले हकप्रद स्वीकृत दिएको आरोपको खण्डन पनि हमालले गरिसकेका छन्। उनले विश्व लगानीकर्ता सप्ताहका अवसरमा वित्तिय साक्षरता फैलाउने अभियानमा सहकार्य गर्न नेपाल धितोपत्र बोर्ड र उद्योग वाणिज्य महासंघ बीच कार्यगत सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै भनेका थिए, 'राइट सेयर भनेको सेयर होल्डरहरुको नैसर्गिक अधिकार हो।  हाम्रा कम्पनी अप्ठेरोमा छन् भने अब हामी यी कम्पनीलाई हामीले नै उकास्छौँ  भनेर साधारण सभाबाट ७५% भन्दा बढी सेयर होल्डरहरुले हामीले पैसा राखेर कम्पनीलाई उकास्छौँ भनेर निर्णय गरेका हुन्छन।' त्यस्तै विश्वका अरु सेयर बजारहरुमा हकप्रद सेयर दिने भनेपछि सेयरको मूल्य घट्ने तर नेपालमा चाहिं बढ्ने किन हुन्छ भन्दै प्रश्न गरे। 'राइट सेयर इस्स्यु गरेपछि संसारका हरेक देशमा प्राइस ड्रप हुन्छ। हुनैपर्छ।  २० रुपैयाँ कमाउनलाई १०० रुपैयाँ लगाउनुपर्ने प्रक्षेपण थियो तर अब २०० रुपैयाँ लगाउनुपर्छ २० रुपैयाँ कमाउन भने प्राइस त ड्रप हुन्छ नै। तर नेपालमा मैले आएर हेर्दा अधिकांश राइट सेयर इस्यु गर्ने कम्पनीहरुको प्राईस इन्क्रिज भाको छ। कसरी, किन ? वि मस्ट आस्क, व्हाई?'

    त्यस्तै हकप्रद र आईपीओ केहि समयका लागि रोकौं भन्ने कुरामा हमाल भन्छन, 'अनि कुरा आउँछ राइट सेयर बन्द गर्दिउ। यतिखेर सुरु गरूँ। यदि हामी नेपालमा विकास चाहन्छौं, सम्वृद्धि चाहन्छौं भने कन्सिस्टेन्सी इन पोलिसी अनि कन्सिस्टेन्सी इन थिङ्किङ्ग हुनुपर्छ। चाहे त्यो प्रधानमन्त्री होस् , चाहे त्यो मन्त्री होस् या अध्यक्ष होस्, असिमित अधिकार दिईनु हुँदैन। सिस्टमले चलोस्। सबै सिस्टम डिफाइण्ड होस्। यस्तो अधिकार नदिउँ कि धितोपत्र बोर्डको अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ दिनपछि खोल्ने !'

    हक्की स्वोभावका हमाल माथि प्रश्न उठेपनि नियमनकारी संस्थाको नेतृत्वमा रमेश हमाल पुगेपछि बजारका विकाशका लागि धेरै आशलाग्दा कामहरु नगरेका होइनन।वैदेशीक रोजगारीमा रहेका नेपालीहरुले आईपीओमा आवेदन दिन पाउनु भएका छन्। जसले गर्दा वैधानिक बाटोबाट रेमिटेन्स भित्राउन केहि हदसम्म सहियोग नै गरेको छ। 

    सर्वसाधारणले पनि भुल हुदैंन यी हमाल नै हुने जसका कारण  सिआश्वा शुल्क १०० रुपैयाँबाट ५ रुपैयाँमा झारियो जसले सर्वसाधारणलाई प्रत्यक्ष फाइदा भएको छ । पुराना ब्रोकरका सिन्डिकेट तोड्ने पनि यी हमाल नै हुन्। नयाँ ब्रोकर प्रणालीको लाइसेन्स ल्याउन यिनको फितलो नेतृत्व भएको सम्भाव नै थिएन्। थोरै भएपनि ब्रोकर कमिसन घटाउने प्रस्ताव अर्थमन्त्रालय पुगेको छ। 

     बजारमा प्राइभेट इक्विटी भेञ्चर क्यापिटल, एसएमई प्ल्याटफर्म मार्फत् इकोसिस्टम बनाउने लक्ष्य हमालको रहेको यिनले हरेक मन्चबाट भनिरहने गरेका नै छन्। कम्पनीले बैंकमा धितो राखेर ऋणको चाप बोकेर उद्यमी जन्माउन सकिँदैन । उद्यम विकास गर्न प्राइभेट इक्विटी भेञ्चर क्यापिटलको माध्यम अपनाउन सकिन्छ । कर्जा होइन कि लगानी आउनु पर्छ भन्ने मान्यता हमालले रहेको छ । 

    तर नेतृत्व भनेकै तेस्तै ठाउँ हो जसले हरेक अपजसको सामना गर्ने पर्छ।  कहिले काहिँ राम्रो काम नै गरिएको होला तर समय गलत भए राम्रो काम पनि बदनाम हुने गर्छ। बजारमा माग भन्दा आपूर्ति भएकै हो।  बजार थिलथिलो भएको छ। राम्रो कम्पनी अब पुजींबजारमा आउछु भन्दा पनि लगानीकर्ता झस्किने अवस्था सिर्जना भएको छ। 

    यसको कारण भनेको दोस्रो बजारमा लगानी गर्नेहरुको मनोबल घट्नु हो । ट्रेड गर्नेले गुमाएकै छन्। अध्ययन गरेर राम्रा राम्रा कम्पनी छानेर लगानी गर्नेका कम्पनी भाउ पनि कौडिमा आएका छन्।  यस्तो बेला माग भन्दा आपूर्ति बजारले धान्न सकेको छैन। 

    धेरै आइपिओ खुल्दा पनि बजारमा आपूर्तिलाई नै मद्दत गरेको छ। पहिलो त १० कित्ता पर्ने भएकोले कम्पनीको कसैले पनि अध्ययन नै गरेको देखिएन। बजारमा तरलताको अभाव र लगानीकर्ताको सेयर होल्डिङ्ग क्यापाटिटि नहुदा र छोटो छोटो समयमा आइपिओ खुल्दा पनि यसले आइपिओ नै फालेर अर्को आइपिओलाई रकम जोहो गर्ने परिपाटी विकाश भएको छ। 

    यो कुरा नबुझेका धितोपत्र बोर्डले अध्यक्ष हमालले नबुझेका पक्कै पनि होइन। उनी पनि बजारमा अब बजारमा डिमाण्ड सिर्जना गर्नुपर्छ भन्ने कुरामा विश्वस्त छन्। बजारमा सप्लाई धेरै भयो र अब बजारमा डिमाण्ड सिर्जना गर्ने कुराहरु अब ल्याउने हमालले अर्थसंसारसंग गरेका छन्। 

    अब दशैँ लगतै मार्जिन लेन्डिंगको कुरा अगाडी बढाउने तयारीमा हमाल छन्। ब्रोकरबाट मार्जिन लेन्डिंग जुन कुरा अगाडी बढ्न विभिन्न कुराले अगाडी बढ्न सकिरहेको छैन। अब हमाल राष्ट्र बैंकसंग सहकार्यमा बढ्न खोजेका छन् र हमालका अनुसार राष्ट्र बैंक पनि यो कुरामा निकै नै सकारात्मक रहेको छ। मार्जिन लेन्डिंग सम्बन्धि केहि कार्यविधि पनि आउने र केहि आवश्यक नियामावली पनि संशोधन आए पक्कै धेरै कुरा सहज बनाउछ। ब्रोकर मार्फत मार्जिन लेन्डिंगको कार्यान्वयन भए पक्कै पनि यसले बजारलाई सकारात्मक असर नै पुरयाउने देखिन्छ। 

    त्यो बाहेक गैर आवासीय नेपालीहरुलाई बजारमा भित्राउन के के कुरा बाकि छ त्यो कुरा पनि अगाडी बढाउने र बजारमा डिमाण्ड सिर्जना गर्ने के के कुरा सम्भाव छ त्यो कुरा बाँकी नराख्ने हमालले अर्थसंसारसंग गरेका छन्। 

    तर त्यति मात्रैले पुग्दैन हमालले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन लगानीमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पनि अब केहि पहलकदमी लिनै पर्ने छ। बजारमा लगानी गर्ने पैसाको चरम अभाव छ भने पहिले १२ र अबको १५ करोडको सेयर धितोको सिमाले ठूला लगानीकर्ताहरुको हात बाँधिएको छ ।

    अब हमालले बजारको अभिभावकको रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने पर्छ। बजार देखि तर्सिएका लगानीकर्ताको मनोबल उठाउने प्रयासमा लाग्नु पर्छ। बजार सुन्दर छ भन्ने भाव सिर्जना गर्ने पर्ने छ। अब बजार कता लाने सांचो अध्यक्ष हमालको हातमा छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend