बिहिवार, कार्तिक ९ २०८०
काठमाडौं । एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष बिष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार साँझ श्रेष्ठको निधन भएको हो । नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए । उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो ।
स्वर्गीय बिके श्रेष्ठको कुशल नेतृत्व एवं अभिभावकत्वमा बैंकले उदाहरणीय प्रगति गदैृ आफूलाई दिगो, दरिलो र विश्वासीलो बैंकको रुपमा स्थापित गराउन सफल भएको थियो । पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ । बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ ।


