२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अनसनरत किसान घिमिरेको माग सम्बोधनका लागि प्रधानमन्त्री दाहालको पहल


सञ्चार डबली
  • शनिबार, वैशाख १६ २०८०
  • 8.3K
    SHARES

  • images
    अनसनरत किसान घिमिरेको माग सम्बोधनका लागि प्रधानमन्त्री दाहालको पहल


    काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसनरत नुवाकोटका श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    सो अनसन बसेको खवर पाँचौ दिनमा थाहा पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए ।

    सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टा मै अनसनस्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयवाटै डा.नवीन घिमिरे, डा.माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहवाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसान सामु पठाइएको भए पनि पनि हालसम्म सहमतिमा नआएको जनाएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्धामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

    प्रधानमन्त्रीको निर्देशनअनुसार नै उहाँका जायज माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । माग सम्बोधन हुने भएपछि घिमिरेले आमरण अनशनसहितको कार्यक्रम स्थगित गर्ने विश्वास लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend