मंगलवार, कार्तिक ७ २०८०
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिजयादशमीको दिन कालीमाटीमा ठुलो नेपाली गोलभेडाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलेभडा ५० रुपैयाँ, टनेल गोलभेडा ७० रुपैयाँ, रातो आलु भारतीय ३९ रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ९७ रुपैयाँ ५० पैसा, तने बोडी ९६ रुपैयाँ ६७ पैसार सिमी २५ रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, रायोको साग ८५ रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, कन्य च्याउ ६६ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, फूजी स्याउ ३३५ रुपैयाँ र अनार ३७५ रुपैयाँ तोकिएको छ ।


