२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लेक्स कियर नेपाललाई एनआरएनद्वारा आर्थिक सहयोग


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 9.0K
    SHARES

  • images
    लेक्स कियर नेपाललाई एनआरएनद्वारा आर्थिक सहयोग


    काठमाडौ‌, ४ कार्तिक । बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्। लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैंया शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ ।

    बेलायतबाट संचालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्वसको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सह कोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् । यसअघि टियाले बाग्लुङस्थित जगन्नाथ प्राविका शिक्षक तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेकी थिइन् ।

    लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ ।संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend