२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको तरकारी तथा फलफूलको मूल्य


सञ्चार डबली
  • शनिबार, कात्तिक ४ २०८०
  • 9.1K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्य


    काठमाडौ‌, ४ कार्तिक । कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज भारतीय ठूलो गोलभेँडा न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ, सानो गोलभेँडा ५० रुपैयाँ र नेपाली ठूलो गोलभेँडा ४० रुपैयाँमा विक्री भईरहेको छ । यस्तै, आलु रातो ७० रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ, सुकेको प्याज ८२ रुपैयाँ प्रतिकेजीमा बजारमा पाइने छ ।

    आज, प्रतिकेजी लोकल गाजर १००, बन्दा ६०, स्थानीय काउली १००, रातो मूला ७०, लोकल सेतो मूला २०, भन्टा लाम्चो २०, तने बोडी ८०, मकै बोडी ७०, मटरकोशा २५०, घिउ सिमी २५, राजमा सिमी २२०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ३०, परवल ६०, घिरौँला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी ६०, भिन्डि ७०, बरेला ६०, रायो साग ७०, तोरीको साग ३०, कन्य च्याउ १४०, डल्ले च्याउ ३८०, कुरीलो ५५० र काँक्रो ८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ ।

    समितिले निर्धारण गरेको फलफूलको मूल्यमा आज फूजी स्याउ प्रतिकेजी ३२०, केरा १५०, कागती १५०, अनार ३५०, कालो अंगुर ४००, सुन्तला भारतीय १२०, तरबुजा ६०, मौसम १२०, मेवा नेपाली ५०, किवी २०० र आभोकाडो २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend