२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंकले रत्न राज्य माध्यामिक स्कुलमा सञ्चालन गर्यो खाने पानीको प्लान्ट


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ३ २०८०
  • 10.8K
    SHARES

  • images
    एभरेष्ट बैंकले रत्न राज्य माध्यामिक स्कुलमा सञ्चालन गर्यो खाने पानीको प्लान्ट

    शुक्रवार, कार्तिक ३ २०८०
    काठमाडौं । एभरेष्ट बैंकले रत्न राज्य माध्यमिक स्कुलमा खाने पानीको प्लान्ट सञ्चालनमा गरिदिएको छ । बैंकले सीएसआर अन्तर्गत मध्य वानेश्वरस्थित सो स्कुलमा प्लान्ट सञ्चालन गरिदिएको हो ।

    विद्यालयले आयोजना गरेको चाडपर्व विशेष चियापान कार्यक्रमको अवसरमा बैंकले खानेपानि प्लान्ट सञ्चालन गरिदिएको जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह थिए ।

    उक्त कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति रहेको थियो ।

    बैंकको देशैभरि छरिएर रहेको १२७ शाखा संजाल छन् । यसका साथै ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६२ एटीएम रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend