२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो, अर्थको सहमति बाँकी


सञ्चार डबली
  • बिहीबार , कात्तिक २ २०८०
  • 11.7K
    SHARES

  • images
    ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो, अर्थको सहमति बाँकी

     

    काठमाडौं, २ कार्तिक । सेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन र नेपाल धितोपत्र बोर्ड शुल्क दुवै घटेको छ। बोर्डले दुवै दस्तुर १०–१० प्रतिशतले घटाउने निर्णय गरेको हो।बोर्डले निर्णय गरी सहमतिका लागि अर्थ मन्त्रालय पठाएको छ।

    अर्थले सहमति दिएपछि मात्र नयाँ दर लागू हुनेछ। बोर्डले अहिले कायम रहेको ब्रोकर कमिसनका स्ल्याबहरू क्रमशः १० प्रतिशतले घटाएको हो।बोर्डले ब्रोकरबाट पाउने कमिसन १० प्रतिशतले नै घट्दा प्रतिकारोबार लगानीकर्ताले तिर्ने कमिसन ७ प्रतिशतले घटाएको छ।

    हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend