२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बजारमा चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा समस्या


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 10.6K
    SHARES

  • images
    बजारमा चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा समस्या


    काठमाडौं, कार्तिक १ गते । बजारमा चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा समस्या परेको छ । मुख्य चाडपर्व सुरु भइसकेको छ । पर्वका बेला अरु बेलाभन्दा बढी चिनी खपत हुने गरेको छ । सहज रुपमा सहुलियत दरमा चिनी नपाउँदा सामान्य उपभोक्ता प्रभावित बनेका छन् । यसबाहेक सुनसरी–मोरङ औद्योगिक क्षेत्रका बिस्कुट, चकलेट लगायत उद्योग पनि प्रभावित बनेका छन् ।

    स्थानीय उत्पादनले नपुग्ने, सरकारले पर्याप्त आयात गर्न नसकेको अवस्था एवं निजी क्षेत्रलाई आयात गर्ने अधिकार नदिँदा चिनी अभावको अवस्था रहेको उद्योगीहरुको भनाइ छ ।यसले गर्दा उल्लेख्य परिणाममा चिनी खपत हुने चकलेट, बिस्कुट जस्ता उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् ।

    नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडा पर्वका बेला चिनी पर्याप्त रुपमा उपलब्ध नहुँदा सर्वसाधारण उपभोक्ताका साथै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु पनि प्रभावित बताएको बताउँछन् ।

    भारतीय बजारमा चिनीको मूल्य ६७ रुपैयाँ छ । नेपाली बजारमा सामान्यतया किलोको १२५ सम्म पर्छ ।पर्वका बेला बढी खपत हुने वस्तुहरु उत्पादन गर्ने उद्योगहरु पर्याप्त चिनी नपाउँदा समस्यामा परेको उद्योगीहरुको भनाइ छ ।

    नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतका अनुसार बजारको माग ख्याल गर्दै सरकारले बेलैमा चिनी आयात गरेको भए उपभोक्ता र औद्योगिक क्षेत्रलाई सहज हुने बताउँछन् ।

    स्थानीय उत्पादनले नपुग्ने भएकाले आयातमै भर पर्नुपर्ने अवस्था हुँदा मुख्य चाडपर्वलाई लक्षित गरी एवं औद्योगिक क्षेत्रको मागलाई ध्यान दिंदै पर्याप्त रुपमा चिनी आयात गरिनुपर्नेमा त्यसो हुन नसहेको राउतको भनाइ छ ।

    बिस्कुट, चकलेट, डेरी उत्पादन, मिठाइ जस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुले क्षमताको आधा मात्र उत्पादन गर्न सकेको जनाइएको छ ।उद्योगी एवं मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुका अनुसार समयमा सरकारले चिनी आयात गर्न नसक्दा उद्योगहरुले पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् ।उनका अनुसार कच्चा पदार्थका रुपमा चिनी समेत प्रयोग गर्दै आएका उद्योगहरुले हाल क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend