२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अपि पावर कम्पनीको लिलामी सेयर खुला


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 10.2K
    SHARES

  • images
    अपि पावर कम्पनीको लिलामी सेयर खुला


    काठमाडौं, कार्तिक १ गते । अपि पावर कम्पनीको लिलामी सेयर खोलिएको छ । अपि पावर कम्पनीमा खोलिएको अवितरित हकप्रद सेयरको बोलपत्रमा साधारण सेयरको कटअफ मूल्य १५१ रुपैयाँ १० पैसा कायम भएको छ । यधपि लिलाम कबुल गरेका चेकहरु साटिन भने बाँकी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ।

    अपि पावरले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समूह तर्फको ११ लाख ९४ हजार ९ सय ३४ कित्ता सेयर असोज १७ गतेदेखि लिलाम असोज २४ गतेसम्म खुला रहेको थियो ।

    कम्पनीले जारी गरेको १०ः ४ अनुपात अर्थात १० सेयर बराबर ४ सेयर भर्न पाउने हकप्रद सेयरमा रीतपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ सेयरधनी आवेदकलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

    कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता साउन ३१ गते देखि भदौ १९ गतेसम्म सेयर निष्काशन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend