२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट


सञ्चार डबली
  • बुधबार, कात्तिक १ २०८०
  • 14.6K
    SHARES

  • images
    बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्दै सर्वोत्तम सिमेन्ट


    काठमाडौं, कार्तिक १ गते । नेपालमा पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यको आधारमा सार्वजनिक निष्कासन (आइपिओ) निष्कासन हुने भएको छ। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ ।

    सेबोनले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुने शेयरको ४० प्रतिशतले हुने २४ लाख कित्ता शेयर बुक बिल्डिङ विधिबाट ल्याउन सर्वोत्तम सिमेन्टलाई स्वीकृति दिएको हो । धितोपत्र बोर्डले कम्पनीको आधारमूल्य ४०१ रुपियाँ तय गर्दै निष्काशनको अनुमति दिएको छ ।

    सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई आईपीओ बिक्री खुला गर्नेछ । संस्थागत लगानीकर्तालाई बिक्री गरेपछि ६० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्काशन खुला गरिने छ ।

    सर्वोत्तमले बुक बिल्डिङ विधिमार्फत् आइपीओ निष्कासन गर्न २०७९ असार २८ गते निवेदन दिएको थियो । कम्पनीले यसअघिनै ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

    योग्य संस्थागत लगानीकर्तामा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी लगायत छन्।यस्ता संस्थाको नेटवर्थ न्यूनतम १० करोड रूपैयाँ हुनुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend