२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आर्थिक पारदर्शीका लागि सह–कोषाध्यक्षमा मेरो उम्मेदवारी :  ददिवल खड्का


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 9.0K
    SHARES

  • images
    आर्थिक पारदर्शीका लागि सह–कोषाध्यक्षमा मेरो उम्मेदवारी :  ददिवल खड्का

     

    काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा ददिवल खड्काले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा बुधबारदेखि सुरु हुने एनआरएनएको ११औं महाधिवेशनकको आगामी कार्याकालका लागि सह–कोषाध्यक्षमा खड्काले उम्मेदवारी दर्ता गरेका हुन् । उनले संघभित्र आर्थिक पारदर्शी कायम गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

    वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक खड्काले आफूले अहिलेसम्म गरेका सामाजिक काम र सेवाको आधारमा मूल्यांकन गरेर मतदान दिन एनआरएनए अभिन्ताहरूलाई आग्रह गरे।

    खड्काको उम्मेदवारी दर्तामा प्रस्तावकमा एनआरएनए जापानका निवर्तमान युवा संयोजक राकेश रुम्बा र मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ तथा समर्थकमा आइसीसी सदस्य बिजेश थकाली र एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य मनोज श्रेष्ठ छन्। महाधिवेशन शनिबारसम्म सोल्टी होटलमा चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend