२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पर्यटनमन्त्री किरातीद्वारा विमानस्थलको निरीक्षणः न्यूनतम हवाई भाडा लिन आग्रह


सञ्चार डबली
  • मंगलबार, असोज ३० २०८०
  • 11.0K
    SHARES

  • images
    पर्यटनमन्त्री किरातीद्वारा विमानस्थलको निरीक्षणः न्यूनतम हवाई भाडा लिन आग्रह


    काठमाडौं, ३० असोज । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको निरीक्षण गरेका छन् । उनले आन्तरिक विमानस्थलमा संचालनमा रहेका पसलहरुले महंगो मूल्य लिएको गुनासो आएपछि अनुगमनका लागि पुगेका हुन् । टर्मीनलमा रहेका पसलमा राखिएका सामानको मूल्य अत्यधिक भएको र हवाई टिकटमा पनि बढी रकम लिइएको गुनासो आएपछि मन्त्री किराती अनुगमनका लागि पुगेका हुन्।

    अनुगमनका क्रममा अधिकासंले अनलाईनबाटै टिकट लिएको पाईएको भन्दै उनले, अधिकतम १७ हजार भाडा राखेको पाइए पनि १३ हजार सम्म तिरेको पाइएको उनको भनाई छ। ७ वर्ष अघिकै सहमति अनुसार नै पनि अधिकतम र न्यूनतम भाडाको फरक धेरै पाइएको र सोही अुनसार नै व्यवासायीले भाडा निर्धारण गरेको पाइएको बताए ।सरकारले यदी कसैले तोकिएको भन्दा बढी भाडा लिए कारबाही गर्ने बताए ।

    उनले भने ‘सरकारले, तोकेको भन्दा माथि टिकट त बेच्नै पाईँदैन् । पछिल्लो समयमा भ्याट जोडिएको छ । एयरपोर्टका अन्य भाडाहरु जोडिएको छ । ’उनले आम नागरिकलाई सर्वसुलभ सेवा प्रवाहका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend