२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दशैं र नयाँ नोटः बैंकमा सर्वसाधारणको भिड, क्यूआर गर्न सकिने


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 10.0K
    SHARES

  • images
    दशैं र नयाँ नोटः बैंकमा सर्वसाधारणको भिड, क्यूआर गर्न सकिने


    काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैङ्कले दशैंका लागि नयाँ नोट वितरण शुरु गरेसंगै बैंकहरुमा सर्वसाधारणको भिड लागेको छ । सर्वसाधारणले बालुवाटारस्थित केन्द्रीय बैंकसहित विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट लिइरहेका छन् ।

    नेपाल राष्ट्र बैङ्कका सहप्रवक्ता डिल्लीराम पोख्रेलले परम्परागत रुपमा नै दशैमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचलन रहेकाले त्यहि अनुसार यस वर्ष पनि नयाँ नोट वितरणको व्यवस्था गरिएको बताए । 

    ५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट प्रतिव्यक्तिले  १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने उनले बताए । ३ गते शुक्रबारसम्म सर्वसाधारणले विभिन्न वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने उनको भनाई छ ।

    उनले भने, ‘परम्परागत रुपमा नै दशैमा नयाँ नोट दिनुपर्छ भन्ने एउटा प्रचल छ । त्यही अनुसार नै हामीले यस वर्ष पनि नयाँ नोट सटहीको व्यवस्था गरेका छौं । आजदेखि नयाँ नोट सटही सुरु गरेका छौं । एक जना मानिसले । ५, १०, २०, ५०, १००, ५०० र १००० को नयाँ नोट साट्न पाउने छन् । यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले साट्न पाउने व्यवस्था गरिएको छ ।

    आजदेखि ३ गते शुक्रबार सम्म नयाँ नोट साट्न पाउने व्यवस्था छ  बैङ्क तथा वित्तीय संस्थाबाटै र राष्ट्र बैङ्क र प्रादेशिक कार्यालयहरूबाट समेत नयाँ नोट साट्न पाइने  ।’ दशैका लागि नयाँ नोट साट्न सर्वसाधारणहरूको बिहानैदेखि भिड छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend