काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय १० दिन थप गरेको छ । दशैं बिदा परेकाले अब बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्ने गरी समय थप भएको हो । सपाली कात्तिक ७ गते दसैंको टीका रहेको छ ।
यसपालि बैंकहरुले कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।हालसम्म बैंकहरुले त्रैमास सकिएको सात दिनभित्र अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने ब्यवस्था थियो ।अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिएको भए पनि अन्य सुबिधाहरु भने थप नगरिएको राष्ट्र बैंकले जनाएको छ ।


