२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

२३ दशमलव १६ अङ्कले घट्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, असोज २९ २०८०
  • 8.0K
    SHARES

  • images
    २३ दशमलव १६ अङ्कले घट्यो सेयर बजार


    काठमाडौं, २९ असोज । आज सेयर बजारको परिसूचक नेप्से १८५१ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २३.१६ अंक घटेको हो । दिनभर कुल १ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    २२ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ३ को स्थिर रहृयो । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ ९, विकास बैंक ३४, फाइनान्स २०, होटल तथा पर्यटन १००, जलविद्युत् ४०, जीवन बीमा २०७, उत्पादन २९, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा ८९, अन्य १० र ब्यापार उपसमूह ५५ अंक घटे ।

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत बढ्यो । सुपर माइ हाइड्रोको मूल्य ४ प्रतिशत बढ्यो । सयपत्री हाइड्रोको मूल्य १०, हाथवे इन्भेस्टमेन्टको १० र मिड सोलु हाइड्रोको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट, सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend