२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैँमा डिजिटल कारोबारमा छुटैछुट


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 9.8K
    SHARES

  • images
    ग्लोबल आईएमई बैंकका ग्राहकलाई दशैँमा डिजिटल कारोबारमा छुटैछुट


    काठमाडौं, २८ असोज । दशैँको अवसरमा ग्लोबल आईएमई बैंकले “ग्लोबल आईएमई बैंकको साथमा दशैँ रमाइलो” भन्ने योजनासहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक अफर सार्वजनिक गरेको छ।

    बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले आफूलाई आवश्यक सरसामानहरु खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा तीन सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको नगद फिर्ता हुने बैंकले जनाएको छ ।

    यस नगद फिर्ता योजनामार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड भएकाहरुले योजना अवधिभर कम्तीमा एक हजार रुपैयाँको ३ वटा कारोबार गरेमा तीन सय रुपैयाँ तथा ५ वा त्योभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँ नगद फिर्ता हुनेछ ।

    यो योजना आज घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडा दशैँको दिनसम्म बेलुका ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने बैंकले जनाएको छ । साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ ।

    यो योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफूलाई आवश्यक सरसमानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा ‘DAKSHINA’  प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको नगद छुट पाउनेछन् । यो योजनाअन्तर्गत डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक प्राप्त गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend