२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद फिर्ता पाइने


सञ्चार डबली
  • आइतबार, असोज २८ २०८०
  • 9.5K
    SHARES

  • images
    गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद फिर्ता पाइने

    आइतबार, असोज २८, २०८०
    काठमाडौं  । नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता गर्ने छ । 

    योजना अन्तर्गत बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउने छन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोजदेखि ७ कार्तिकसम्म रहेको छ । 

    साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको दशैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ । 

    हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend