२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

यी ५ कम्पनीको ३ करोड २४ लाख कित्ता आईपीओ आउँदै


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 8.7K
    SHARES

  • images
    यी ५ कम्पनीको ३ करोड २४ लाख कित्ता आईपीओ आउँदै

    काठमाडौं । पाँच वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उत्पादन तथा प्रशोधन समूहको जगदम्बा स्टिल सहित ५ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

    जगदम्बा स्टिलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थप गरी ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको २ करोड ७० हजार कित्ता साधराण सेयर निष्कासन गर्ने भएको हो ।

    कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापीटललाई नियुक्त गरेको छ । यस्तै याम्बालिङ हाइड्रोपावरले २८  करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

    मैबुङ इनर्जी लिमिटेडले १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १४ असोजमा बोर्डमा आवेदन दिएको हो । मैबुङ इनर्जी लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    एसवाई प्यानल नेपाल लिमिटेडले पनि ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले १९ असोजमा बोर्डमा आवेदन दिएको थियो ।

    कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटलले रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend