२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 7.0K
    SHARES

  • images
    अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा अयाोजना गरेको राष्ट्रिय आर्थिक बहस, सुधारका लािग सहकार्य बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिंगो राष्ट्रलाई विश्वासमा लिएर आर्थिक गतिविधिलाई नयाँ गति दिन सकिने भन्दै यसका लागि सबै पक्ष सम्मिलित उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका हुन् ।

    अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायत सहभागी हुनेगरी संयन्त्रको खाँचो रहेको प्रधानमन्त्रीको भनाइ छ । उनले अर्थतन्त्रमा भएको समस्याको बिन्दुबाट समाधानको प्रक्रिया खोज्नुपर्ने धारणा राखे । प्रधानमन्त्री प्रचण्डले अहिलको अवस्थामा समान्य तरिकाले अर्थतन्त्रको सुधार हुन नसक्ने भन्दै बोल्ड डिसिजनको आवश्यता रहेको बताए ।

    वित्तीय र मौद्रिक नीतिमा तालमेल गर्न केही न केही सुधार भएको भन्दै उनले मूल सुधार बाँकी रहेको प्रधानमन्त्रीले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रका मूलभूत समस्या अझै समाधान नभएकाले सहि समयमा सहि नीति लिन नसके सुधारको सम्भावना नरहेको बताए ।

    उनले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी रहेको धारणा राखे ।

    अध्यक्ष ढकालले सबै पक्ष मिलेर काम गरे सबै समस्याको समाधान सम्भव रहेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने बिषयमा सरकार सकारात्मक हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend