२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’आवश्यक रहेको छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 8.1K
    SHARES

  • images
    अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’आवश्यक रहेको छ : प्रधानमन्त्री दाहाल

    काठमाडौ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीतिकार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्या सामना गर्न ‘बोल्ड डिसिजन’आवश्यक रहेको बताएका छन् ।

    राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रममाउनले टालटुले तरिकाले अहिलेका समस्याको समाधानदिगो रुपमा गर्न सम्भव नभएको भन्दै यसको सन्दर्भमा एउटा मेजर अपरेसनतिर जाने सोच बनाएको बताए ।

    उनले भने, ‘अर्कोवर्ष नीतिकार्यक्रम, बजेट निमार्ण र अर्थतन्त्रमा परेको समस्याको सामना गर्ने सन्दर्भमा ‘बोल्ड’ निर्णय गर्नु पर्ने छ । मैले सरकारको कार्यकारी प्रमुखको हैसियतले निजीक्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यका सन्दर्भमा, हामीले अपनाउँदै आएकानीतिका सन्दर्भमा एउटा मेजर अप्रेसनतिर जाने सोच बनाएको छु । टालटुले तरिकाले सुधारका सामान्य कुराले अहिलेका समस्याको समाधानहामीले दिगो रुपमा गर्न सम्भव छैन् ।’

    अहिलेसम्म अपनाएको नीति, नीति बनाउँने प्रक्रिया,विधि, बजेट निमार्णको प्रक्रियामा सबैको गम्भीर आत्मसमिक्षा गर्दै पोलिसीमा एउटा नयाँ सुधारको आवश्यक भएको उनको भनाई छ ।

    उनले नीजि क्षेत्रसँगको सहकार्य नै अर्थतन्त्रको दबाबबाट देशलाई मुक्त गर्ने र नयाँ वातावरण बनाउँने चाबी भएको भन्दै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यले देश विकासको लागिआवश्यक भएको बताए ।

    शक्तिको हिसाबले नेपाल कमजोर नभएको भन्दै व्यवस्थापन रपोलिसीमा सुधार गर्न सक्यौ भने सबैभन्दा बढि विकास हुन सक्ने देश नेपाल नै भएको पनिउ नको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend