२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भगवती र मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 7.5K
    SHARES

  • images
    भगवती र मिड सोलु हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
     
     

    काठमाडौ, २५ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । जसमा भगवती हाइड्रोपावरको चुक्ता पुँजीका आधारमा कायम कुल ५७ लाख २० हजार ६४७ कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँसम्म तोकेको छ । ‘बीजीडब्लुटी’ संकेतमा यसको सेयर कारोबार हुनेछ । 

    यस्तै, मिड सोलु हाइड्रोपावको चुक्ता पुँजीका आधारमा कायम कुल ७४ लाख ८४ हजार  कित्ता सेयर पनि सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म तोकेको छ । ‘एमएसएचएल’ संकेतमा यसको सेयर कारोबार हुनेछ । अब बिहीबार दुवै कम्पनीको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend